Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

जेनजी आन्दोलनमा तोडफोड–आगजनी आरोप: एक जना पक्राउ

जेनजी आन्दोलनमा तोडफोड–आगजनी आरोप: एक जना पक्राउ

  • काठमाडौं । रौतहटमा जेनजी आन्दोलनका क्रममा सरकारी तथा सार्वजनिक संरचनामा गरिएको तोडफोड आगजनीमा संलग्न रहेको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्लाको चन्द्रपुर नगरपालिका-४ बस्ने ३० वर्षीय बिकी पाण्डे रहेका छन् । उनलाई गत बिहिबार राति नियन्त्रणमा लिइएको हो ।

    AGNI GROUP

    यसअघि, गत बुधबार साँझ सोही घटनामा संलग्न चन्द्रपुर-४ का ३२ वर्षीय दीपक बस्नेत र वडा-८ का ४३ वर्षीय हरिनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।

    पक्राउ परेका तीनैजनामाथि आपराधिक उपद्रवको मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलन उग्र बन्दै गएपछि इलाका प्रहरी कार्यालय चन्द्रपुर तथा त्यहाँ पार्क गरिएका सवारीसाधनहरूमा व्यापक क्षति पुर्याइएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij