Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

लागूऔषधसहित देशका विभिन्न स्थानबाट ११ जना पक्राउ

लागूऔषधसहित देशका विभिन्न स्थानबाट ११ जना पक्राउ

  • काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित ११ जनालाई नियन्त्रणमा लिएको छ ।

    onlinepatrika
    Arghakhachi

    रुपन्देहीको कोटहीमाईबाट ९ सय १० मिलिग्रम ब्राउनसुगरसहित सुभान केवटसहित तीन जना पक्राउ गरेको छ । यस्तै बर्दियाको बढैयातालबाट ३ ग्राम ५८० मिलिग्राम ब्राउनसुगरसहित तौपिक खाँ पक्राउ परेका छन् । भारतबाट नेपाल आउँदै गरेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    AGNI GROUP

    यस्तै सुनसरीको धरानबाट १४९ केजी गाँजासहित शनिबार तीन जना पक्राउ परेका छन् । धनकुटा साँगुरीगढीका इन्द्र लिम्बू, सहिदभूमिका जिपसन लिम्बू र भारतीय नागरिक साबिर आलमलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुले प्रयोग गरेको मे१ज २०१८ नम्बरको पिकअपसमेत प्रहरीले बरामद गरेको छ ।

    धरानकै पिण्डेश्वरीबाट लागूऔषध ट्रामाडोल ४ सय ट्याब्लेट र डिकोलिक ४ सय ट्याब्लेटसहित भलराम श्रेष्ठसमेत दुई जना पक्राउ परेका छन् । को३५प१८५ नम्बरको मोटरसाइकलसहित उनीहरु पक्राउ परेका हुन् ।

    यस्तै एम्बुलेन्समा लुकाईछिपाई पैठारी गरिरहेको अवस्थामा ५१ केजी बढी गाँजासहित सर्लाहीबाट सुरेन्द्र राय यादव पक्राउ परेका छन् । शनिबार एम्बुलेन्स जाँचका क्रममा पछाडिको भागमा २ वटा बोरामा प्रहरीले गाँजा फेला पारेको थियो ।

    यसैगरी काठमाडौंको सुनधाराबाट लागूऔषध ट्रामाडोल ४५० ट्याब्लेटसहित नागार्जुनका एक १८ वर्षीय किशोरलाई समेत प्रहरीले पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij