Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सेल्टा भिगोसँग रियल म्याड्रिड स्तब्ध

सेल्टा भिगोसँग रियल म्याड्रिड स्तब्ध

  • काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड पराजित भएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड सेल्टा भिगोसँग २-० गोल अन्तरले स्तब्ध भएको हो ।

    onlinepatrika
    Arghakhachi

    सेल्टा भिगोको जितमा विलिओट स्वेडबर्गले दुवै गोल गरेका थिए ।  त्यस्तै यस खेलमा रियल म्याड्रिडका फ्रान गार्सिया र अल्भारो कारेराजले रातो कार्ड पाएका थिए ।

    AGNI GROUP

    यो हारले रियल म्याड्रिडलाई अंक तालिकामा ठुलो धक्का लागेको छ र शिर्ष स्थानमा रहेको बार्सिलोना भन्दा ४ अंकले पछि परेको छ । रियल म्याड्रिडको १६ खेलमा ३६ अंक रहेको छ । त्यस्तै शिर्ष स्थानमा रहेको बार्सिलोनाको १६ खेलमा ४० अंक रहेको छ ।

    त्यस्तै रिल म्याड्रिडलाई स्तब्ध पारेको सेल्टा भिगोको भने यो जितपछि १५ खेलमा १९ अंक भएको छ र लिगमा १०औं स्थानमा उक्लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij