Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गोवा आगलागीमा चार नेपालीको पनि मृत्यु

गोवा आगलागीमा चार नेपालीको पनि मृत्यु

  • काठमाडौं । भारतको गोवामा एक नाइट क्लबमा भएको भीषण आगलागीमा चार नेपालीको पनि जलेर मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    नाइट क्लबमा शनिवार राति सिलिन्डर विस्फोटपछि भएको आगलागीमा २५ जनाको मृत्यु भएको थियो । मृतक मध्ये चार जना नेपाली छन् । आगलागीमा मृत्यु भएका मध्ये २० जना क्लबमै काम गर्ने कर्मचारी रहेको जसमध्ये चार जना नेपाली नागरिक रहेको गोवा पुलिसले पुष्टि गरेको छ ।

    AGNI GROUP

    घटनामा नेपाली नागरिकहरू चूर्ण बहादुर पुन, विवेक कटुवाल, सुदीप र सविनको पहिचान भएको छ । उनीहरूको नेपालको ठेगाना खुलाइएको छैन ।

    यी चारै जना नेपाली नागरिकको पोस्टमार्टम रिपोर्ट आइसकेको र गोवाको अस्पतालमा शव राखिएको छ । गोवा सरकारको तर्फबाट नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा सम्पर्क गरी शवलाई नेपाल पठाउन समन्वय भइरहेको गोवा पुलिसले जनाएको छ ।

    तटीय राज्यको उत्तरी क्षेत्र अर्पोरामा मध्यराततिर सुरु भएको आगलागीमा ज्यान गुमाउनेहरूमा केही पर्यटक पनि छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij