Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विकास साझेदार संस्थाहरु परियोजनामुखी भएकाले सामाजिक अभियानहरु प्रभावकारी नभएको बताएका छन् ।
सातौं अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा आज आयोजित तीनदिने अन्तर्राष्ट्रिय सिकाई सम्मेलनेको उद्घाटनमा मन्त्री खरेलले विकास र सामाजिक परिवर्तनको क्षेत्रमा काम गर्ने अधिकांश विकास साझेदार संस्थाहरु, एनजिओ, आइएनजिओ परियोजनामा मात्रै केन्द्रित हुदा कुनैपनि अभियान प्रभावकारी हुन नसकेको उल्लेख गरेका हुन् ।
उनले भने- 'देशमा क्याम्पियनहरु किन सफल भएन् भन्दा एनजिओहरु प्रोजेक्टबेसमा सीमित भए, त्यसैले अभियानहरु ऋलपत्र परे । क्याम्पियन र प्रोजेक्टमा फरक छ, धेरै संख्याका विकास साझेदारहरुको काम निश्चित समय सीमामा केन्द्रित छन् । परियोजना सकिएको भोलिपल्ट अभियानै अलपत्र हुने अवस्था छ । त्यसैले नेपालमा काम गर्ने सबै विकास साझेदार संस्थाहरुलाई आज म भन्न चाहन्छु । अब हामीले प्रोजेक्ट नबनाउ, क्याम्पियन बनाएर अगाडि बढौँ ।'
सञ्चारमन्त्री खरेलले आधाभन्दा बढी सनसंख्या ओगट्ने नागरिकको मौलिक हक र अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिए । उनले सुरक्षित महिनावारीका लागि नीतिगत र संरचनागत सुधारको खाँचो औंल्याए ।
उनले भने- ' हामी सँगै अगाडि बढ्नेछौँ, र मर्यादित महिनावारीको दृष्टिकोणले नेपालको भविष्य समृद्ध छ । पूर्वदेखि पश्चिम, सबै समुदायमा, सम्पन्नदेखि विपन्न समाजमा—महिनावारीप्रति दृष्टिकोण धेरै जसो समान नै छ, महिनावारीसँग सम्बन्धित भेदभाव अन्त्य गर्दै मर्यादित महिनावारी स्थापना गर्न लागिपरेका सबैप्रति प्रशंसा व्यक्त गर्दछु । महिनावारीजन्य भेदभाव निकै जटिल र बहुआयामिक विषय हो, जसले असमान शक्ति सम्बन्ध र पितृसत्ताको संरचना निर्माणमा भूमिका खेल्दछ, जुन घरबाटै सुरु हुने जेंडर–आधारित हिंसाका सबै रूपहरूको जराको रूपमा बस्छ ।' उनले सबै सरोकारवालाहरू, सरकारसहितले घर, विद्यालय, समुदाय, कार्यस्थल तथा सबै क्षेत्रमा मर्यादित महिनावारी स्थापना गर्न भूमिका निभाउनुपर्नेमा जोड दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij