Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता

निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता

  • काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी भारतले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज सिंहदरबारमा गरेको शिष्टाचार भेटमा उनले निर्वाचनका लागि आवश्यक स्रोतसाधन तथा सुरक्षा सम्बन्धी सामग्री प्रदान गर्न भारत तत्पर रहेको बताए ।

    AGNI GROUP

    महावर नेपाल भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आएका हुन् । भेटमा उनले जाजरकोट भूकम्पपछिको पुनर्निर्माण तथा अन्य विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःस्थापनामा समेत भारत सहयोग गर्न इच्छुक रहेको बताएको गृहमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।

    अतिरिक्त सचिव महावरले गृहमन्त्री अर्याललाई उपयुक्त समयमा भारत भ्रमणको निमन्त्रणासमेत दिएका थिए ।

    सो अवसरमा गृहमन्त्री अर्यालले कञ्चनपुरस्थित दोधारा–चाँदनी क्षेत्रमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामलाई तीव्रता दिन भारतीय पक्षलाई आग्रह गरे ।

    उनले सीमा अपराध नियन्त्रण, चोरी–तस्करी रोकथाम, अवैध वस्तुको ओसारपसार र आपराधिक गतिविधि नियन्त्रणमा दुवै देशका सुरक्षा निकायबीच सूचना आदान–प्रदान र क्षमता अभिवृद्धि अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij