Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । तिब्बतियन ओरिजिनल ब्लड (टिओबी)का तेन्जीन दावा लामालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले दुई वटै कसुरमा धरौटीमा छाड्न आदेश दिएको हो ।
उनीविरूद्ध लिखत सम्बन्धी कसुर र लागुऔषधको कसुरमा मुद्दा दर्ता भएको थियो ।
अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार लिखत सम्बन्धी कसुरमा उनीसँग पाँच लाख रुपैयाँ धरौटी माग भएको छ ।
त्यस्तै लागुऔषध सम्बन्धी कसुरमा भने २० हजार रुपैयाँ माग भएको थियो। जेनजी आन्दोलनपछि एउटा भिडिओ बाहिरिएपछि तेन्जीनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij