Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

प्रदीप अधिकारीसँग पाँच लाख धरौटी माग, रिहा भने नहुने

प्रदीप अधिकारीसँग पाँच लाख धरौटी माग, रिहा भने नहुने

  • काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग विशेष अदालतले पाँच लाख धरौटी माग गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भ्रष्टाचार मुद्दामा थुनछेक बहसपछि अधिकारीसँग धरौटी माग गर्ने आदेश गरेको हो । विशेष अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको इजलासले धरौटी रकम माग गरेको हो।

    AGNI GROUP

    अदालतले धरौटी माग गरे पनि अधिकारी थुनामै जाने छन् । यसअघि भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणको भ्रष्टाचार मुद्दामा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरिएको थियो । सोही आदेशको आधारमा उनी थुनामै रहने भएका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलमा भ्रष्टाचार भएको भन्दै उनीसहित ५५ जनाविरुद्ध गत आइतबार मुद्दा दायर गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij