Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सशस्त्र प्रहरी नायव उपरीक्षक उप्रेतीको साइकल यात्रा समाप्त

सशस्त्र प्रहरी नायव उपरीक्षक उप्रेतीको साइकल यात्रा समाप्त

  • काठमाडौँ ।  झापा जिल्लाको काँकडभिट्टादेखी साइकल यात्रा सुरु गरेका सशस्त्र प्रहरी नायब उपरीक्षक युकेश उप्रेतीको यात्रा कञ्चनपुर जिल्लाको गड्डाचौकीमा पुगेर समाप्त भएको छ ।

    onlinepatrika
    Arghakhachi

    उनले कार्तिक २४ गते सीमा क्षेत्रको भौगोलिक अध्ययन, सीमावासीहरुको समस्या लगायतका बिषयमा जानकारी लिनको लागि झापा जिल्लाको मेचीनगर नगरपालिका–६ नयाँ पुलस्थित दशगजाबाट सुरु गरेको साइकल यात्रा मंसिर २३ गते गड्डाचौकीमा पुगेर समाप्त भएको हो ।

    AGNI GROUP

    उनले करीब १ हजार ४४० किलोमिटरको साइकल यात्रा ३० दिनमा पूरा गरेका थिए । उनले साइकल यात्रा कञ्चनपुर भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख चक्रदेव भट्ट, सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म गड्डाचौकीका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक जनकराज उपाध्याय, भारतीय समकक्षी सशस्त्र सीमा बलका पदाधिकारी, क्वारेन्टाइन, भन्सार कार्यालयका कर्मचारीहरु, बीओपी प्रमुखहरु, इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख, जनस्वास्थ्यका कर्मचारी, राजनैतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, गैरसरकारी संघसंस्थाका प्रतिनिधिलगायत स्थानीय सीमावासीहरुको उपस्थितिमा समाप्त भएको हो ।

    सशस्त्र प्रहरी नायव उपरीक्षक उप्रेतीले साइकल यात्राको क्रममा ६ वटा प्रदेशअन्तर्गत २१ वटा सीमावर्ती जिल्लामा रहेका सशस्त्र प्रहरी बल नेपालका १ सय ८६ वटा बोर्डर आउट पोष्टहरुमा स्थलगत भ्रमण गरी वस्तुस्थितिबारे जानकारी लिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij