Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेपाल विद्युत प्राधिकरण

७८ दिनमै बाहिरिए मनोज सिलवाल

७८ दिनमै बाहिरिए मनोज सिलवाल

सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकका रूपमा हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न आदेश दिएपछि सिलवाल प्राधिकरणबाट बाहिरिएका हुन् ।

  • काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङले हितेन्द्रदेवलाई हटाएर कार्यकारी निर्देशकको जिम्मेवारी दिएका मनोज सिलवाल नेपाल विद्युत प्राधिकरणमा ७८ दिनकाम गरेर बाहिरिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकका रूपमा हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न आदेश दिएपछि सिलवाल प्राधिकरणबाट बाहिरिएका हुन् ।

    AGNI GROUP

    गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर जल तथा ऊर्जा आयोगमा ऊर्जा विशेषज्ञका रूपमा सरुवा गरेको थियो । शाक्यलाई हटाउन ऊर्जामन्त्री घिसिङले मन्त्रिपरिषद्‍मा प्रस्ताव पेस गरेका थिए ।

    सोमबार न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निर्णय बदर गर्दै शाक्यलाई पुन: प्राधिकरणकै कार्यकारी निर्देशक पदमा पुनस्थापन गर्न आदेश दिएको थियो ।

    सोही अनुसार बुधबार नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । सिलवालले अदालतको परमादेशलाई सम्मान गर्ने बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij