Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

भन्सार एजेन्ट महासंघले फिर्ता लियो ‘पेनडाउन’ आन्दोलन

भन्सार एजेन्ट महासंघले फिर्ता लियो ‘पेनडाउन’ आन्दोलन

  • काठमाडौं । भन्सार एजेन्ट महासंघले पेन डाउन आन्दोलन फिर्ता लिने घोषणा गरेको छ । महासंले राखेका प्रमुख मागहरु सम्बोधन हुने सहमति बनेपछि आन्दोलन रोक्ने निर्णय गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    भन्सार विभाग र भन्सार एजेन्ट महासंघ नेपालबिच मंसिर २३ गते भएको छलफल सकारात्मक बनेपछि महासंघले देशभरका भन्सार कार्यालयमा जारी विरोध कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

    AGNI GROUP

    महासंघका अध्यक्ष प्राचीन कुमार थैबका अनुसार विभागले महासंघका माग सम्बोधन गर्ने सहमति जनाएपछि पेन डाउन कार्यक्रम फिर्ता लिइएको हो । 

    उनले आन्दोलनमा साथ दिने उद्योग व्यवसायी संघ संस्था, महासंघमा आबद्ध भन्सार एजेन्ट संघ तथा सम्पूर्ण भन्सार एजेन्टहरूलाई आभार व्यक्त गरे ।

    माघ २३ देखि सुरु भएको पेन डाउनका कारण भन्सार प्रक्रियामा अवरोध भएको थियो । छलफल सफल भएपछि भन्सार कार्यालयहरूमा नियमित कार्य सुचारु भएको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij