Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

यामाहा नेपालद्वारा ‘यामाहा ब्लू क्याम्प’को घोषणा

यामाहा नेपालद्वारा ‘यामाहा ब्लू क्याम्प’को घोषणा

  • काठमाडौं । एमएडब्लू राइड्स प्रा.लि. अन्तर्गतको यामाहा नेपालले आफ्ना ग्राहकहरूको सन्तुष्टि बढाउन, नियमित मर्मत सम्भारलाई प्रवद्र्धन गर्न र देशभरका यामाहा राइडरहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यका साथ एक हप्ता लामो राष्ट्रव्यापी सर्भिस अभियान‘यामाहा ब्लू क्याम्प’ औपचारिक रूपमा सुरु गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    यहि मंसिर २१ देखि २७ गते (डिसेम्बर ७ देखि १३) सम्म चल्ने यस अभियानले ग्राहकहरूलाई कुनै पनि आधिकारिक यामाहा सर्भिस सेन्टरमा गएर आकर्षक छुट तथा विशेष सुविधासहित प्रिमियम सर्भिसको अनुभव लिन आमन्त्रित गरेको छ ।

    AGNI GROUP

    यामाहाको विश्वस्तरीय आफ्टर(सेल्स सपोर्ट प्रदान गर्ने प्रतिबद्धता अनुरुप सुरु भएको ूयामाहा ब्लू क्याम्पूले हरेक यामाहा मोटरसाइकल र स्कूटरले उत्कृष्ट कार्यसम्पादन गरोस् भन्ने सुनिश्चित गर्दछ। अभियान सप्ताहको अवधिभर हरेक दिन बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने यस सर्भिसमा ग्राहकहरूले निम्न विशेष सुविधाहरूको लाभ लिन सक्नेछ यस अनुभवलाई अझ रोमाञ्चक बनाउन यामाहाले आफ्ना मूल्यवान ग्राहकहरूका लागि एक विशेष उपहार पनि ल्याएको छ सात दिनसम्म दैनिक एक जना ग्राहकले आफ्नो कुल मर्मत बिलमा १००५ क्यासब्याक प्राप्त गर्नेछन् । यो अनौठो अफरले यामाहा राइडरहरूले विशेषज्ञ सेवा मात्र नभई, आफ्नो भिजिटको कुल लागतमा पूर्ण राहत पाउने मौका पनि सुनिश्चित गरेको छ ।

    यी सेवा सुविधाहरूका अलावा यामाहा ब्लू क्याम्पमा ‘नो योर बाइक’ सेसन पनि समावेश हुनेछ, जहाँ प्रत्येक सर्भिस सेन्टरका प्राविधिक प्रमुखले ग्राहकहरूलाई उनीहरूको यामाहा मोटरसाइकल वा स्कुटरका विशेषता, मर्मतसम्भार आवश्यकता र प्राविधिक पक्षहरू अझ राम्ररी बुझ्न व्यक्तिगत रूपमै मद्दत गर्नेछन् ।

    एक डेडिकेटेड ‘सेफ्टी राइड सेसन’ले राइडरहरूलाई दैनिक जीवनमा अझ सुरक्षित तरिकाले सवारी चलाउने व्यावहारिक सुझावहरू मार्फत् शिक्षित गर्नेछ। ग्राहकहरूले थप सरप्राइज गिफ्टहरू, ए.एम.सी खरिदमा विशेष अफर, र अनलाइन बुकिङ मार्फत यामाहा एक्सप्रेस सर्भिसको सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यसले अग्रिम बुकिङ गर्ने ग्राहकहरूका लागि प्राथमिकता र थप सुविधाहरू सुनिश्चित गर्नेछ ।

    यस अभियानका बारेमा बोल्दै एमएडब्लू राइड्स प्रा.लि. का कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले भने, ‘यामाहा सधैँ गुणस्तर, विश्वसनीयता र उत्कृष्ट सर्भिस प्रदान गरेर आफ्ना ग्राहकहरूसँग दीर्घकालीन विश्वास निर्माण गर्ने कुरामा विश्वास गर्दछ। ूयामाहा ब्लू क्याम्पू मार्फत हामी हाम्रा राइडरहरूलाई उहाँहरूको सुरक्षा, सन्तुष्टि र मानसिक शान्ति सुनिश्चित गर्ने एक परिष्कृत सर्भिस अनुभव दिन चाहन्छौँ । यो पहल हाम्रो यामाहा परिवारलाई कदर गर्ने र हरेक यात्रालाई सहज, रोमाञ्चक र चिन्तामुक्त राख्ने हाम्रो आफ्नै तरिका हो ।’

    यामाहा नेपालले अत्याधुनिक जापानी इन्जिनियरिङका साथसाथै ग्राहक सेवा र देशव्यापी सेवाको पहुँचलाई प्राथमिकता दिँदै दुईपाङ्ग्रे सवारी साधनको बजारलाई नेतृत्व गरिरहेको छ। यामाहा ब्लू क्याम्पू यो सम्बन्धलाई अझ सुदृढ गर्ने अर्को एउटा महत्त्वपूर्ण कदम हो । यो अफर नेपालभरका सबै आधिकारिक यामाहा सर्भिस सेन्टरहरूमा लागू हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij