Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव-इन्जिनियर शिव नारायण मण्डल शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र भएको भन्दै अख्तियारले मुद्धा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सव-इन्जिनियर मण्डलले भारतको बिहार विद्यालय परीक्षा समिति, पटनाबाट माध्यमिक (हाईस्कूल)
तहको परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेको तथा मडैया बलुवा उच्च विद्यालयको विद्यालय परित्याग समेतको नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रहरु पेश गरी नियुक्ति लिएको पाइएको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ ।
अनुसन्धानको क्रममा मण्डलले २०६७ को माघ ७ गतेदेखि सहायक सब ओभरसियारमा नियुक्ति लिएर सहायक इन्जिनियरमा बढुवा समेत भएको पाइएको र उनले तलब भत्तासहित ओहदा, लाभ तथा सरकारी सेवा सुबिधा लिएको देखिएको अख्तियारले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij