Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । चितवन प्रहरीले लागू औषध खैरो हिरोइन १४२ ग्राम ६८ मिलिग्रामसहित ८ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा घर भई हाल चितवन डेरा गरी बस्ने १९ वर्षीय अनवर अंसारी, २० वर्षीय रहिफुल्ला मिया ठकुराई, २० वर्षीय प्रवेज अंसारी, वडा नं. १ छप्कैया बस्ने २३ वर्षीया आईपा खातुन, त्रिचोक बस्ने २१ वर्षीय सरोज तामाङ, २४ वर्षीय वसन नेपाली, ३२ वर्षीय मनु भन्ने मनोज बि.क र ३६ वर्षीय भिम बहादुर तामाङ रहेका छन् ।
मंगलबार दिउँसो ४ बजे भरतपुर महानगरपालिका वडा नं। १० लाहुरेटोल स्थितमा लागु औषध बिक्री बितरण, ओसारपसार कार्य भई रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोलीका इन्चार्ज असई हरि भट्टराईको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
चेकजाँचको क्रममा उनीहरुको साथबाट लागू औषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ १४२ ग्राम ६८ मिलिग्राम बरामद गरी उक्त लागू औषधसहित उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पक्राउ परेकाहरुलाई लागू औषध सम्बन्धी कसूरमा चितवन जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij