Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसमेत ४ जनाविरुद्ध भ्रष्टाचारको मुद्धा दायर

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसमेत ४ जनाविरुद्ध भ्रष्टाचारको मुद्धा दायर

  • काठमाडौँ । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसमेत ४ जनाविरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाकाको वडा नम्बर-२ मा हुँदै नभएको घर छ भनी नक्सा तयार गरी जग्गा-घर धितोमा राखी लक्ष्मी सनराईज बैंकबाट ३३ लाख ७५ हजार ऋण लिएको र उक्त कार्य गर्नका लागि जग्गाधनी, प्रमुख प्रशासकीय अधिकृतसमेतका कर्मचारीहरुले
    मिलोमतो गरी भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरिएको जनाएको छ ।

    AGNI GROUP

    अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सव-इन्जिनियर जय कुँवर र असिस्टेन्ट सव- इन्जिनियर तेज बहादुर सुनार र वडा नम्बर २ बस्ने जग्गाधनी शान्ती नाथविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij