Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

प्रेस चौतारीका पूर्वअध्यक्ष अर्याल एमाले केन्द्रीय सदस्यमा उठ्ने

प्रेस चौतारीका पूर्वअध्यक्ष अर्याल एमाले केन्द्रीय सदस्यमा उठ्ने

  • काठमाडौँ । प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष राजेन्द्र अर्याल नेकपा एमालेको ११ औँ महाधिवेशनमा केन्द्रीय सदय पदमा उम्मेदवारी दिने बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई साथ दिँदै आएका अर्यालले पार्टीमा निरन्तरता र निष्ठाका आधारमा यसपटक केन्द्रीय सदस्यको स्वाभाविक दाबेदार रहेको बताए ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार काठमाडौँमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रेस चौतारी नेपाल पार्टीको एउटा सशक्त जनसङ्गठन भए पनि नीति निर्माण गर्ने केन्द्रमा  प्रतिनिधित्व नभएकोले यसपटक चौतारीको तर्फबाट अघि बढेको र स्वाभाविक दाबी भएको उल्लेख गरे ।

    AGNI GROUP

    चितवनमा सम्पन्न १० औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्यको प्रवल दाबेदार रहे पनि नेतृत्वको आग्रहका कारण पछि हट्नु परेको अर्यालले सुनाए । अर्यालले आफू पार्टीका हरेक चुनौती र सङ्कटमा अडिग रूपमा उभिएको बताउँदै  भने– ‘म पार्टीबाट नबरालिएको मान्छे हो । आजसम्म कुनै मोडमा बाटो नबिर्सिएको छवि बनाएको छु ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij