Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । विराटनगर महानगरपालिका-५ भन्सार कार्यालय एक नम्बर ढाँटबाट स्रोत नखुलेको नगद ४ लाख ७० हजार रूपैयाँ सहित सोही महानगरपालिका-१५ बस्ने ४३ वर्षीय संजय चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij