Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पोखरा महानगरको स्थापना दिवस भव्यताका साथ मनाउने तयारी

पोखरा महानगरको स्थापना दिवस भव्यताका साथ मनाउने तयारी

  • काठमाडौँ । पोखरा महानगरपालिकाको ६७औँ स्थापना दिवस भव्यताका साथ मनाउने तयारी गरिएको छ । महानगरले आफ्नो स्थापना दिवस २९ मंसिर, पुस १ र २ गरी तीन दिवसीय रूपमा मनाउने तयारी गरेको हो । 

    onlinepatrika
    Arghakhachi

    दिवसको अवसरमा पोखरेली नवरत्नहरूलाई सम्मान गरिने भएको छ । भाषा साहित्य, कला (सङ्गीत नृत्य, नाट्य, चित्रकला), शिक्षा, स्वास्थ्य, कृषि तथा उद्यमशीलता, सामाजिक सेवा, खेलकुद पर्यटन प्रवद्र्धन तथा वातावरण संरक्षण, विज्ञान प्रविधि तथा नवप्रवद्र्धन र अन्यक्षेत्रहरुमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरू मध्येबाट ९ जनालाई नगद २ लाख २ हजार २०२ सहित ताम्र पत्र, दोसल्ला र पदक सहित पोखरेली नवरत्न सम्मान गरिने नगर प्रमुख धनराज आचर्याले बताए ।

    AGNI GROUP

    उनका अनुसार महानगरपालिकामा कार्यरत कर्मचारीहरू मध्येबाट सर्वोत्कृष्ट, उत्कृष्ट र कर्तव्यनिष्ठ गरी ११ जना कर्मचारीहरूलाई सम्मान गरिनेछ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जिपिए अङ्क प्राप्त गर्ने ६७ जना विद्यार्थीहरू र महानगर स्तरीय परीक्षा (कक्षा ८) मा ४ जिपिए अङ्क प्राप्त गर्ने १२ जना विद्यार्थीलाई सम्मान गरिनेछ । 

    यस्तै कक्षा ८ को परीक्षामा विषयगत रूपमा औसत उपलब्धि हासिल गर्ने ३० जना र एसइई तर्फ ३० जना गरी ६० जना उत्कृष्ट शिक्षकहरूलाई सम्मान गरिनेछ । कक्षा ८ को परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्ने १५ वटा, एसइई तर्फ ४९ तथा सामुदायिक र संस्थागत विद्यालय तर्फ सबैभन्दा बढी जिपिए प्राप्त गर्ने १/१ विद्यालयहरूलाई पनि सम्मान गरिने प्रमुख आचार्यले बताए ।

    महानगरपालिकाका ३३ वटै वडाहरू मध्येबाट सरसफाइमा उत्कृष्ट ३ वटा वडाहरू, महानगर मातहतका कार्यलयहरु मध्येबाट सरसफाइमा उत्कृष्ट कार्यालय र महानगरपालिकालाई तोकिएको समयमा नियमित र सबैभन्दा बढी राजश्व तिर्ने उत्कृष्ट करदातालाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ । 

    उमेरको ज्येष्ठताका आधारमा महानगर मातापिता (ज्येष्ठ नागरिक) सम्मान प्रदान गरिनेछ । स्थापना दिवसका अवसरमा किसानहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषि क्विच कार्यक्रम, जीवनदान रक्तदान, रक्तदान जीवन भन्ने नाराका साथ रक्तदान कार्यक्रम,पोखराको चिनारी-पहिचानका रूपमा स्थापित लोकबाजा सारङ्गी प्रवर्धनका लागि सारङ्गी पार्क शिलान्यास लगायत विशेष सम्मानहरु समेत प्रदान गरिनेछ । मुल समारोहको पूर्व सन्ध्यामा मानवअधिकार चोक चिप्लेढुंगादेखि सभागृहसम्म सांस्कृतिक झाँकीर्याली समेत गरिनेछ । 

    मुलसमारोहमा पोखरा महानगरपालिकाकासँग भगिनी सम्बन्ध कायम गरिएका स्वदेशी तथा विदेश नगरका प्रमुख तथा प्रतिनिधिहरू, मुलुकका सबै महानगरपालिका, उप–महानगरपालिकाका प्रमुखज्यूहरू, छिमेकी पालिकाका प्रमुखहरू, पोखरा महानगरपालिकाका पूर्व पदाधिकारीहरू, पूर्व प्रशासकीय अधिकृतहरू लगायत विशिष्ट व्यक्तिहरूलाई आमन्त्रण गरिएको छ । स्थापना दिवस तयारीका लागि मूल समारोह समिति, निर्देशक समिति र विभिन्न उपसमितिहरू गठन गरिएका छन् ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij