Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

व्यक्तिको विवरण फेरेर राष्ट्रिय परिचयपत्र ‘एप्रुभ’, कर्मचारीसहित २ जना पक्राउ

व्यक्तिको विवरण फेरेर राष्ट्रिय परिचयपत्र ‘एप्रुभ’, कर्मचारीसहित २ जना पक्राउ

  • काठमाडौं । व्यक्तिका विवरणहरु हेरफेर गर्दै राष्ट्रिय परिचयपत्र एप्रुभ गरेको आरोपमा कर्मचारीसहित दुई जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीसहित दुई जनालाई पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ परेका २८ वर्षीय सुनित रेग्मी पञ्जीकरण विभागकै कर्मचारी हुन् । उनीसँगै अर्का प्रतिवादी गोरखा नगरपालिका–१० घर भइ ललितपुर बस्दै आएका २८ वर्षीय आशिष बाबु कुमाल पक्राउ परेका छन् ।

    AGNI GROUP

    गलत मनसाय राखी उनीहरुले विवरण हेरफेर गर्दै एप्रुभ गरेको प्रहरीले बताएको छ । पञ्जीकरण विभागको युजर आईडी र पासवर्ड दुरुपयोग गरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐनको दफा ४१ को कसुर गरेको आरोपमा उनीहरुमाथि अनुसन्धान अघि बढाइएको छ ।

    पक्राउ परेकाहरुविरुद्ध पाँच दिनको म्याद काठमाडौं जिल्ला अदालतबाट थप भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij