Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पाँचतारे होटल सोल्टीको कार्यकारी अध्यक्षमा विष्ट

पाँचतारे होटल सोल्टीको कार्यकारी अध्यक्षमा विष्ट

  • काठमाडौं । नेपालकै पहिलो पाँचतारे होटल सोल्टीको कार्यकारी अध्यक्षमा दिनेशबहादुर विष्ट नियुक्त भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सोल्टी होटल लिमिटेडको ५१औं वार्षिकि साधारणसभाले चयन गरेको नयाँ सञ्चालक समितिको २६१औं बैठकले विष्टलाई कार्यकारी अध्यक्ष नियुक्त गर्ने सर्वसम्मत निर्णय गरेको हो । सोल्टीले ६० वर्षदेखि आतिथ्य सत्कार उद्योगमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

    AGNI GROUP

    सोल्टीको ९ सदस्यीय सञ्चालक समितिमा विष्ट, रविभक्त श्रेष्ठ, राजेशकाजी श्रेष्ठ, जया राज्यलक्ष्मी शाह, अमृतमान श्रेष्ठ, प्रकाशविक्रम खत्री, शशीराज पाण्डे, निरञ्जनकुमार टिवरेवाला र डा. माधव गिरी चयन भएका छन् ।

    कम्पनी सञ्चालक समितिको प्रस्ताव बमोजिम आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको १६.५७८९४७३७ प्रतिशत नगद लाभांश दिने सामान्य प्रस्ताव तथा चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव साधाणसभाले सर्वसम्मतिबाट पारित गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij