Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पक्राउ

हर्क साम्पाङको नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष लामा पक्राउ

हर्क साम्पाङको नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष लामा पक्राउ

  • काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    कुमार, विश्वक्रान्ति र देवराज लामा भनेर समेत चिनिने उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलबार काठमाडौँको कपनबाट पक्राउ गरेको हो । 

    AGNI GROUP

    उनी १५ फागुन २०६८ मा बबरमहलस्थित नेपाल आयल निगमको गेटमा बम विस्फोट गराएको मुद्दामा पहिले पक्राउ परेका थिए । केन्द्रीय कारागारमा रहेका बेला २०७६ सालमा प्रजातन्त्र दिवसको अवसरमा उनी छुटेका थिए ।

    जिल्ला प्रहरी कार्यालय, पाँचथरमा विस्फोटक पदार्थसम्बन्धी अर्को मुद्दामा फरार रहेको पाइएपछि पक्राउ गरिएको सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिएका छन् । उनलाई आवश्यक कानुनी कारवाहीका लागि पाँचथर पठाइएको सीआईबीले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij