Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

निक्की उपाध्यक्ष रवि रायावरमको बिदाइ

निक्की उपाध्यक्ष रवि रायावरमको बिदाइ

  • काठमाडौं । नेपाल-भारत उद्योग वाणिज्य संघ (निक्की) ले उपाध्यक्ष रवि रायावरमलाई बिदाइ गरेको छ । आईटीसीको सहायक कम्पनी सूर्य नेपालका प्रबन्ध निर्देशक रहेका रायावरम गत वर्षदेखि निक्कीमा उपाध्यक्ष थिए । तर, आईटीसीमा उनको पदोन्नति भई कोलकाता सरुवा भएपछि निक्कीबाट पनि उनको बिदाइ गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    सूर्य नेपालका प्रबन्ध निर्देशकमा गौरव तायल नियुक्त भएका छन् । तायल निक्कीको सदस्य पनि नियुक्त भएका छन् ।

    AGNI GROUP

    बिदाइ कार्यक्रममा निक्की अध्यक्ष सुनिल केसीले भारतीय संयुक्त लगानीका प्रमुख कम्पनीमध्ये एक सूर्य नेपालका नेतृत्वकर्ता रूपमा रायावरमले निक्की र नेपालको अर्थतन्त्रमा पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताए ।

    निक्कीका कार्यकारिणी सदस्य शशिकान्त अग्रवालले भविष्यमा अझ ठूलो भूमिकामा नेपाल फर्केर आउन शुभकामना दिए ।

    ‘भविष्यमा अझ ठूलो भूमिकामा रायावरमलाई नेपालमा पुन: स्वागत गर्न चाहन्छौं,’ निक्कीका संस्थापक कार्यकारिणी सदस्य अग्रवालले भने ।

    निक्की अन्तर्गतको भारतीय व्यवसाय फोरम (आईबीएफ) का सहअध्यक्ष सैबल घोषले पनि निक्कीमा सक्रिय भूमिका निर्वाह गरेको तथा द्विपक्षीय व्यापार र अर्थतन्त्रमा पुर्‍याएको योगदानका लागि रायावरमलाई धन्यवाद दिए ।

    त्यस्तै निक्की उपाध्यक्ष कुनाल कायल तथा नेसनल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवनीत गुप्ता, जलविद्युत् उत्पादक उत्तम लामा लगायत  कार्यकारिणी सदस्यहरूले रायावरमको अथक समर्पण र योगदानका लागि धन्यवाद व्यक्त गरे ।

    सूर्य नेपालका नवनियुक्त प्रबन्ध निर्देशक तायलले रायावरम र निक्कीलाई प्राप्त सहयोगका लागि धन्यवाद दिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij