Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली

कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली

  • काठमाडौं । नेपालले मित्रराष्ट्र कतारका लागि उपहारस्वरुप दिएको २ वटा हात्तीको बिदाई गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    बुधबार खगेन्द्रप्रसाद र रुद्रकली नामका दुई हात्ती भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका लागि उडेका हुन् ।

    AGNI GROUP

    दुई हात्तीलाई लिन कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाज विमानस्थल आइपुगेको थियो ।

    अपरान्ह ५ बजे खगेन्द्रप्रसाद र रुद्रकली नामका दुई हात्ती विमानस्थलबाट छुटेका हुन् ।

    ती दुई हात्तीलाई मंगलबार नै चितवनबाट भैरहवा ल्याइएको थियो । यसअघि आज बिहान जहाज भारतको कोलकाता डाइभर्ट भएको थियो ।

    भैरहवाबाट उडेको ४ घण्टामा खगेन्द्रप्रसाद र रुद्रकली कतार पुग्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij