Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइदै

आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइदै

  • काठमाडौँ । आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हकअधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्षको डिसेम्बर १८ मा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउने गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    यस वर्षको अन्तर्राष्ट्रिय आप्रवासन दिवसको नारा 'मेरो महान कथा: संस्कृति र विकास' भन्ने रहेको छ ।  यस नाराले मानव गतिशीलताले कसरी विकासलाई अगाडि बढाउँछ, समाजलाई समृद्ध बनाउँछ र समुदायहरूलाई एकअर्कालाई जोड्न, अनुकूलन गर्न र समर्थन गर्न मद्दत गर्छ भन्ने कुरा प्रकाश पार्छ । हाल बसाइँसराइले अर्थतन्त्र, समुदाय र विश्वव्यापी विकासलाई आकार दिइरहेको हुनाले यो सन्देश पहिलेभन्दा बढी जरुरी रहेको छ ।

    AGNI GROUP

    अहिले विश्वका झण्डै ३० करोड ४० लाख मानिस आप्रवासीका रुपमा रहेका छन् । विश्वव्यापीकरण, औद्योगिकीकरण, सूचना र सञ्चारको विस्तारसंगै अन्तर्राष्ट्रिय स्तरमा आप्रवासीको संख्या बढ्दै गएको छ । राजनीतिक अस्थितरताका कारण नेपालमा पछिल्लो समयमा रोजगारीका लागि विदेशिनेको संख्या बढिरहेको छ । रोजगारी र जीविकोपार्जनका लागि अर्को देशमा गई बस्ने प्रक्रियालाई आप्रवासन भनिन्छ ।

    आप्रवासी कामदारहरुमा चेतना जगाउने, आप्रवासी कामदारहरुलाई सम्बन्धित देशका घरेलु कामदारलाई जस्तै मान्यता र सुरक्षा प्रदान गर्नुपर्ने सन्देशसहित विश्वभर यो दिवस मनाउने गरिन्छ । विदेशमा काम गर्न जाँदा आप्रवासी कामदारमाथि पारिश्रमिक तथा अन्य सेवा सुविधा, न्यूनतम मानव अधिकार, विदेशी नागरिक भएको कारण विभेद नहोस् भन्ने उद्देश्य यो दिवसको रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij