Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

उच्च अदालत पाटन परिसरमा युवतीद्वारा आत्महत्याको प्रयास

उच्च अदालत पाटन परिसरमा युवतीद्वारा आत्महत्याको प्रयास

  • ललितपुर । उच्च अदालत पाटन, ललितपुर परिसरमा करिब ३० वर्षीया एक युवतीले आत्महत्याको प्रयास गरेकी छन् । प्रहरीले उद्धार गरी उनलाई पाटन अस्पतालको आईसीयूमा उपचारका लागि भर्ना गरेको छ र उपचार हाल पनि जारी रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रहरी स्रोतका अनुसार युवती कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत प्रमोद मैनालीसँग सम्बन्धित मुद्दामा प्रतिवादी भएकी थिइन् । काठमाडौं जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएपछि उनी पाटन पुगेकी थिइन् ।

    AGNI GROUP

    उच्च अदालत पाटनले पनि धरौटीमा छाड्ने आदेश दिएपछि युवतीले अदालत परिसरमै किटनाशक विषादी सेवन गरी आत्महत्याको प्रयास गरेकी हुन् । पाटन अस्पतालका चिकित्सकहरूले युवतीको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् । घटनापछि सुरक्षा व्यवस्था कडा गरिएको छ भने प्रहरीले आत्महत्याका कारणको थप अनुसन्धान सुरु गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij