Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अमेरिकाले ७५ नेपालीलाई फेरि गर्‍यो डिपोर्ट

अमेरिकाले ७५ नेपालीलाई फेरि गर्‍यो डिपोर्ट

  • काठमाडौं । अमेरिकी सरकारले थप ७५ जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । चार्टर्ड विमानमार्फत बिहीबार ७५ जना नेपाली नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डिपोर्ट गरिएको हो । तीमध्ये तीन जना महिला छन् ।

    onlinepatrika
    Arghakhachi

    उनीहरूलाई डिपोर्ट गरिएपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले सोधपुछ गरेको थियो । यसरी फर्काइएका नेपालीहरू दुई जना भिजिट भिसामा पुगेकाहरू समेत छन् । अन्य व्यक्तिहरू भने ’तल्लो बाटो’ हुँदै अमेरिका पुगेकाहरू रहेको ब्युरो प्रमुख एवं एसएसपी कृष्ण पंगेनीले बताए ।

    AGNI GROUP

    ‘तल्लो बाटोबाट अमेरिका पुग्नेले कम्तीमा पनि २० लाख रुपैयाँ खर्च गरेको देखिएको छ । यसरी फर्काइएकामध्ये एक जना भने ३० वर्षसम्म बसेका व्यक्ति समेत रहेका छन् ।

    फर्काइएका उनीहरूलाई प्रहरीले ७ महिनासम्म हिरासतमा राखेको देखिएको छ ।

    पछिल्लो सात वर्षमा ६६६ जना नेपाली नागरिकहरू फर्काइएका छन् । त्यसमध्ये अधिकांश व्यक्तिहरू अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि फर्काइएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij