Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

कांग्रेस पार्टी कार्यालय अनुगमनमा सरकारी टोली

कांग्रेस पार्टी कार्यालय अनुगमनमा सरकारी टोली

  • काठमाडौं । सरकारी टोलीले नेपाली कांग्रेसको पार्टी कार्यालयको अनुगमन गरेको छ । मंगलबार सरकारले गठन गरेको राजनीतिक संवाद समितिको टोलीले सानेपास्थित कांग्रेस पार्टी कार्यालय अनुगमन गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले अनुगमनका लागि पुगेको थियो ।

    AGNI GROUP

    सरकारी टोलीलाई कांग्रेस उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे, महालक्ष्मी उपाध्याय डीना, कोषाध्यक्ष उमेश श्रेष्ठ र कांग्रेस मुख्यसचिव डा. कृष्णप्रसाद पौडेल लगायतले स्वागत गरेका थिए ।

    राजनीतिक दलहरुसँग सरकारले सम्बन्ध थप सुदृढ बनाउन संवादलाई अघि बढाइरहेको छ । सोमबार मात्रै सर्वपक्षीय वार्ता गरेको सरकारले जेनजी आन्दोलनको क्रममा क्षति पुगेका पार्टीका कार्यालयहरु अनुगमन गर्ने निर्णय गरेको थियो ।

    जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेससहित नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत दलका कार्यालयहरु तोडफोड र आगजनी भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij