Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

उपकुलपति नियुक्ति रोक्न उच्च अदालतको आदेशकै निरन्तरता

उपकुलपति नियुक्ति रोक्न उच्च अदालतको आदेशकै निरन्तरता

  • काठमाडौं । स्वास्थ्य मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको उपकुलपति नियुक्ति गर्न मंसिर २५ गते गरेको सूचना हाललाई रोक्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    उच्च अदालतका न्यायाधीशद्वय दुर्गाबहादुर विश्वकर्मा र यज्ञबहादुर राना मगरको सयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

    AGNI GROUP

    अदालतका सूचना अधिकारी कृष्णप्रसाद शर्माले प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक जनार्दन पन्थिले दायर गरेको रिटमा आज पुस ८ गते छलफलमा दुवै पक्षलाई बोलाएपछिको बहसमा अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

    यसअघि अल्पकालीन अन्तरिम आदेश उच्च अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारीको एकल इजलाशले दिएको थियो । उच्च अदालतको अन्तरिम आदेशको निरन्तरतापछि उपकुलपति नियुक्ति प्रकरण हाललाई रोकिन पुगेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij