Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

शुक्रबार बिहानबाट हट्यो सिन्धुली सदरमुकामको कर्फ्यू

शुक्रबार बिहानबाट हट्यो सिन्धुली सदरमुकामको कर्फ्यू

  • काठमाडौं । अवस्था सामान्य बनेपछि सिन्धुलीको कमलामाई नगरपालिका क्षेत्रको कर्फ्यू हटाइएको छ। 

    onlinepatrika
    Arghakhachi
    जिल्ला प्रशासन कार्यालय सिन्धुलीले शुक्रबार बिहान ६ बजदेखि कर्फ्यू हटाइएको जानकारी दिएको हो। 

    पुस ६ गते कमलामाई नगरपालिका–४ धुरा बजारमा भएको घटनालाई लिएर स्थानियबासीबाट ढुंगामुढा तथा हुलदङ्गा लगायतका अवाञ्छित गतिविधि भएको भन्दै सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले कर्फ्यू आदेश जारी गरेका थिए। 

    AGNI GROUP

    बिहीबार साँझ ८ः३० देखि सुरु भएको कर्फ्यू शुक्रबार बिहान ६ बजेसम्म जारी थियो। 

    यही पुस ६ गते सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङ बोम्जनको आगलागीमा परेर मृत्यु भएको थियो। उनको परिवारकै सदस्य मिलेर हत्या गरेको भन्दै स्थानीय आक्रोशित बनेका छन्।

    घरभित्रै शरीरमा आगो लागेर सुशीलाको मृत्यु भएको घटना शंकास्पद देखिएपछि प्रहरीले उनकी सासु मायारानी, ससुरा दुर्गामान र नन्द मीना बोम्जनलाई नियन्त्रणमा लिएको छ। सो घटना हुँदा विदेशमा रहेका सुशीलाका श्रीमान् अहिले घर आएका छन्। ससुरा दुर्गामान भने घाइते भएकाले उपचारमा छन्। 

    कोठाभित्र आगलागी भएको सो घरमा मृतक सुशीलाका श्रीमान् र सासुकी बहिनी घरभित्र पसेपछि स्थानीय आक्रोशित भएर ढुंगा मुढा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिए। 

    स्थानीयले भने उनीहरु घटनाका प्रमाण नष्ट गर्न र धनदौलत लिन घरमा आएको दाबी गर्दै ढुंगामुढा गरेका हुन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij