Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

जाँचबुझ आयोगका पदाधिकारीविरुद्धको मुद्दामा आज टुंगो

जाँचबुझ आयोगका पदाधिकारीविरुद्धको मुद्दामा आज टुंगो

  • काठमाडौं । भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको ‍जाँचबुझ आयोगविरूद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले निर्णय सुनाउने भएको छ । आयोगका अध्यक्षसहित सबै पदाधिकारीहरूलाई कामकारबाही गर्न रोक लगाउन माग गर्दै कात्तिक १८ गते सर्वोच्चमा रिट दायर गरेको थियो ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार न्यायाधीशहरू मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले निर्णय सुनाउने गरी पेसी तोकिएको हो । विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी आयोगका सदस्य छन् । अधिवक्ता विपिन ढकालले आयोग र सबै पदाधिकारीविरूद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।

    AGNI GROUP

    पूर्वाग्रही धारणा राख्ने व्यक्तिलाई आयोगको अध्यक्षको रूपमा नियुक्त गरी न्याय प्रणालीले अबलम्बन गरेको प्राकृतिक न्यायको सिद्धान्त उल्लंघन हुन गएको रिटमा उल्लेख छ ।अध्यक्ष कार्कीले आफैले छानबिन गर्नुपर्ने विषयका सम्बन्धमा आफ्ना समाचार शेयर गर्नु र अन्तर्वार्ता दिनुले स्वच्छ सुनुवाइको सिद्धान्त र निर्दोषिताको सिद्धान्तको उल्लंघन भएको पनि रिटमा उल्लेख गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij