Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

रौतहटको ज्योति डिष्टिलरीमा विस्फोट

रौतहटको ज्योति डिष्टिलरीमा विस्फोट

  • काठमाण्डु । रौतहटको कटहरिया नगरपालिकामा रहेको ज्योती डिस्टिलरीमा शनिबार बिहान विस्फोट भएको छ ।

    onlinepatrika
    Arghakhachi

    डिस्टिलरीमा रहेको बोइलर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना कामदार घाइते भएका छन् ।

    AGNI GROUP

    प्रारम्भिक जानकारी अनुसार विस्फोट अत्यन्तै शक्तिशाली भएकाले डिस्टिलरी परिसरमा क्षति पुगेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइतेहरूलाई थप उपचारका लागि वीरगञ्जतर्फ पठाइएको छ ।

    ईलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी सहायक निरीक्षक धर्मेन्द्र पौडेलले एक जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए। उनले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको पनि जानकारी दिए । घटनाको कारण, मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij