Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बाहियामा सडक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुग्यो

बाहियामा सडक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुग्यो

  • काठमाडौँ । ब्राजिलको उत्तरपूर्वी राज्य बाहियामा भएको गम्भीर सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । सङ्घीय राजमार्ग प्रहरीका अनुसार मृतकमध्ये दुई जना दुई र चार वर्षका बालबालिका रहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    दक्षिण बाहियाको मुकुरी नगर नजिकै रहेको सङ्घीय राजमार्गमा दुई सवारी साधन आपसमा आमनेसामने ठोक्किएका थिए । ठक्करपछि दुवै सवारी साधनमा आगलागी भएको जनाइएको छ ।

    AGNI GROUP

    प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालकहरूमध्ये एकले गलत तरिकाले अगाडि बढ्ने प्रयास गर्दा दुर्घटना भएको अनुमान गरिएको छ ।

    राजमार्ग सञ्चालन गर्ने कम्पनीले दिएको जानकारीअनुसार घटनास्थलमै १० जनाको ज्यान गएको थियो भने एक जनाको उपचारका क्रममा स्वास्थ्य संस्थामा मृत्यु भएको हो ।

    हालसम्म मृतकहरूको नाम सार्वजनिक गरिएको छैन । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij