Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडाैं । सरकार र जेनजी प्रतिनिधिबीच भएको १० बुँदे सम्झौताविरुद्ध दायर रिटमा अन्तरिम आदेश जारी गर्ने/नगर्ने विषयमा सर्वोच्च अदालतमा सोमबार छलफल हुने भएको छ । न्यायाधीश अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ हुनेछ ।
रिट निवेदकहरूले अन्तरिम सरकारले दीर्घकालीन असर पार्ने सम्झौता गर्ने अधिकार नरहेको दाबी गर्दै सम्झौता कार्यान्वयन रोक्न माग गरेका छन् । यसअघि सर्वोच्चले कारण देखाउ आदेश जारी गर्नुका साथै सम्झौतासम्बन्धी सक्कल फाइल झिकाउन आदेश दिएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij