Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एघार महिनामा ३७ लाख यात्रुले गरे आन्तरिक उडान, सबैभन्दा कम इलाममा

एघार महिनामा ३७ लाख यात्रुले गरे आन्तरिक उडान, सबैभन्दा कम इलाममा

  • काठमाडौं । पछिल्लो ११ महिनामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ७८ लाख यात्रुले हवाइ सेवा लिएका छन् । जसमा आन्तरिकतर्फ मात्रै ३७ लाख १८ हजार यात्रुले यात्रा गरेको नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

    onlinepatrika
    Arghakhachi

    तथ्यांक अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिने यात्रुको संख्या २० लाख ९४ हजार रहेका छन् भने नेपाल भित्रने यात्रुको सख्या भने २० लाख ३ हजार रहेको छ ।  नेपालमा उडान गरिरहेका विभिन्न ३० वटा वायुसेवा कम्पनीले २८ हजार २५१ उडान गरेका छन् । नेपालका हिमालयन, नेपाल एयरलाइन्स र बुद्धले मात्रै अन्तर्राष्ट्रिय उडान गरेका छन्  । 

    AGNI GROUP

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गतको आन्तरिक टर्मिनल भवन प्रयोग गरेर भएको उडानका यात्रु भने ३७ लाख १८ हजार मध्ये १७ लाख ८२ हजार काठमाडौं भित्रिएका र १९ लाख ३६ हजार बाहिरिएका यात्रु छन् । नेपालमा बुध्द, यती, श्री, तारा, सिता, समिट र नेपाल एयरलाइन्सले आन्तरिक उडान गरिरहेका छन् । 

    आन्तरिक उडानमा हेलिकप्टर सेवा दिने थप १२ कम्पनीले दिएका यात्रुसेवालाई समेत आन्तरिक यात्रुसेवामा जोडेर विमानस्थल कार्यालयले तथ्यांक सार्वजनिक गरेको छ । नियमति उडानका जहाज कम्पनीको तुलनामा हेलिकप्टरको यात्रु संख्या न्यून हुने भएपनि सेवाको दृष्टिले भने महत्वपूर्ण हुने गरेको छ ।

    यस्तै, हेलिकप्टरतर्फ  एयर डाइनेष्टि, अल्टिच्यूड, अन्नपूर्ण, फिस्टेल, हेलि एभरेष्ट, कैलाश, मनाङ, माउन्टेन, प्रभु, श्री र सिम्रिक एयरले उडान गरिरहेका छन् । आन्तरिक उडानमा सबैभन्दा धेरै यात्रु त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुने गरेको छ । यो विमानस्थलबाट देशैभरका विमानस्थलमा उडान र अवतरण सेवा हुने गर्छ ।

    यात्रु सेवाको हिसावले काठमाडौं बाहिरका ३२ वटा सञ्चालनमा रहेका र यात्रु सेवा दिइरहेका विमानस्थल मध्ये यात्रुको आकर्षणमा पोखरा विमानस्थल पर्छ । पोखरा विमानस्थलमा काठमाडौंबाट जाने र फर्कने यात्रुको संख्या ७ लाख ९८ हजार रहेको छ ।

    यात्रु चापका हिसावले दोस्रो व्यस्त विमाननस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा पर्छ । यसमा ६ लाख ७५ हजार यात्रुले आन्तरिक उडानको सेवा लिएका छन् । 

    पूर्वको व्यस्त विमानस्थलमा पर्ने विराटनगरमा पछिल्लो ११ महिनामा ६ लाख ६९ हजार यात्रुले उडान अवतरणको सेवा लिएका छन् । सबैभन्दा कम उडान भने इलामको सुकिलुम्बा विमानस्थलबाट भएको छ । यस विमानस्थलबाट जम्मा ८३ जनाले मात्रै यात्रा गरेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij