Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

ग्रामिण विकास लघुवित्तको सञ्चालक समितिमा फेरबदल

ग्रामिण विकास लघुवित्तको सञ्चालक समितिमा फेरबदल

  • काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिमा परिवर्तन भएको छ । नेपाल सरकार, अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालकमा उपसचिव सुव प्रसाद रिजालको सट्टा आन्तरिक राजस्व कार्यालय भैरहवा का प्रमुख कर अधिकृत प्रेमराज पोखेल मनोनयन भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    संस्थाका अनुसार पोखेललाई मंसिर १९ गतेदेखि लागू हुने गरी सञ्चालकमा मनोनयन गरिएको हो । उनले पुष १० गते बसेको सञ्चालक समितिको बैठकमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

    AGNI GROUP

    यससँगै ग्रामिण विकास लघुवित्तको सञ्चालक समिति पुनः गठन भएको छ। हाल कायम रहेको सञ्चालक समितिमा भरतराज कोइराला अध्यक्ष रहेका छन् । नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट प्रेमराज पोखेल सञ्चालक रहेका छन् भने नेपाल बैंक लिमिटेडको तर्फबाट अर्जुन बहादुर कंडेल सञ्चालक छन् ।

    त्यसैगरी फ्युचर स्टार डिजाइन एण्ड डेभलपर्स प्रालिको तर्फबाट नबराज ढकाल, सर्वसाधारण समूहबाट मनोज कुमार खड्का, संस्थापक समूहबाट सरोज कुमार महतो सञ्चालकको रूपमा रहेका छन् । साथै ऋषिराम पाण्डे स्वतन्त्र सञ्चालकका रूपमा समितिमा रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij