Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

फेसियल हाउसको १८ औं वार्षिकोत्सवमा ३४ कर्मचारी सम्मानित

फेसियल हाउसको १८ औं वार्षिकोत्सवमा ३४ कर्मचारी सम्मानित

  • काठमाडौं । युनिसेक्स ब्युटी सलुन फेसियल हाउसले यो वर्ष आफ्ना कर्मचारीहरू मञ्जु घिमिरे र प्रभा थापासहित ३४ जनालाई विभिन्न शीर्षकमा अवार्ड प्रदान गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    फेसियल हाउसको १८ औं वार्षिकोत्सवको अवसरमा घिमिरेलाई नगद ५० हजार रुपैयाँसहित ‘बेष्ट अनर अफ लोयाल्टी, डेडिकेशन एण्ड कन्टिन्युटी फर अ डेकेट’ अवार्ड र थापालाई ‘एन एप्रिसिएसन फर योर लिडरसिप अलाइनिङ पिपल एण्ड भ्यालु टू स्ट्रेन्थ ब्राण्ड ट्रष्ट एण्ड लोयाल्टी’ अवार्ड प्रदान गरिएको हो ।

    AGNI GROUP

    उनीहरूलाई प्रतिनिधि सभाकी तत्कालीन उपसभामुख इन्दिरा रानामगर, फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा वरिष्ठ सौन्दर्यविद् सुष्मा महरा र संरक्षक उज्वल जंग शाहले संयुक्तरूपमा अवार्ड हस्तान्तरण गरे । घिमिरेलाई एक दशक भन्दा बढी समय सेवा पुर्‍याएको, संस्थागत समर्पण, निष्ठा र निरन्तरताको तथा थापालाई उत्कृष्ट नेतृत्व क्षमताको कदर गर्दै अवार्ड प्रदान गरिएको फेसियल हाउसले जनाएको छ ।

    सम्मानित घिमिरे फेसियल हाउसको मुख्य कार्यालय काठमाडौं मलमा र थापा फेसियल हाउसको प्रशासन प्रमुख तथा चिफ एकाउन्टेन्ट अफिस (सीएओ) पदमा कार्यरत छिन् ।

    यस्तै, अवार्ड प्राप्त गर्ने अन्य कर्मचारीहरूमा राशी थापा (पोखरा ब्राञ्च म्यानेजर), सुजन बुढाथोकी (चितवन ब्राञ्च म्यानेजर), बिगेन्द्र सिंह बल तामाङ (काठमाडौं ब्राञ्च म्यानेजर), नमिना श्रेष्ठ (सौन्दर्य शिक्षक), सलुजा चौधरी (काठमाडौं ब्राञ्च म्यानेजर) छन् ।

    यसैगरी, उषा सापकोटा, सृष्टि मृङचिङ, सन्ध्या राना, पुनम घर्तीमगर, प्रमिला खाती, मनोज ठाकुर, लक्ष्मी थपलिया, कञ्चन साउद, अस्मिता थापा, कमल ठाकुर, जेनी तामाङ, इशा रानामगर, इन्दु तामाङ, गरिमा शाही, विकास थापामगर, गंगामाया श्रेष्ठ, धन थापा, बिनिता पुराकोटी, विजय कुमार ठाकुर, मिना घर्ती श्रेष्ठ, झरना गुरुङ र अङ्किता लामालाई पनि अवार्ड प्रदान गरिएको छ ।

    आफ्ना कर्मचारीहरूको मेहनत, योगदान र लगनशीलताको कदर गर्दै उनीहरूको मनोबल र प्रेरणा बढाउन अवार्ड प्रदान गरिएको फेसियल हाउसले जनाएको छ । आफूहरूले हरेक वार्षिकोत्सवमा कर्मचारीहरूलाई उत्साहित गर्न यस्तो गतिविधिहरू गर्दै आएको प्रबन्ध निर्देशक सुष्मा महराले जानकारी दिइन् ।

    फेसियल हाउस नेपालकै नम्बर वान युनिसेक्स ब्युटी सलुन भएको र उपत्यकामा काठमाडौं मल (सुन्धारा), केएल टावर (चुच्चेपाटी) र लगनखेल (ललितपुर) मा यसको सेवा विस्तार गरिएको छ । यस्तै, उपत्यकाबाहिर चितवन, पोखरा, सुर्खेत, धनगढी, नेपालगञ्ज र इटहरीलगायत देशका महत्वपूर्ण सहरहरूमा शाखा सञ्चालन गरी आफ्नो सेवा विस्तार गरिरहेको उनले जानकारी दिइन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij