Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

दाउन्नेमा १५ घण्टादेखि यातायात अवरुद्ध

दाउन्नेमा १५ घण्टादेखि यातायात अवरुद्ध

  • काठमाडौं । शीतलहरले सडक चिप्लो भएपछि पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा सवारी साधन आवागमन बन्द भएको छ  ।

    onlinepatrika
    Arghakhachi

    दाउन्ने खण्डको उकालो र ओरालोमा शीतलहरले बाटो भिज्दा गाडी चिप्लिएर गुड्न नसकेपछि १५ घण्टादेखि  गाडी चल्न नसकेको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी नायव निरीक्षक ज्ञानप्रसाद काफ्लेले बताए ।

    AGNI GROUP

    सडकमा गाडी गुड्न नसकेपछि बर्दघाट र  दुम्किबासतर्फ गाडीको ठूलो लाम लागेको काफ्लेले बताए । शीतलहर कम भएपछि  सडक खुल्ने प्रहरीले जनाएको छ ।

    निर्माणाधीन बुटवल नारायणगढ सडकखण्ड अन्तर्गत अन्य ठाउँमा सहज भए पनि दाउन्नेमा अझै काम बाँकी छ । काठमाडौंबाट बुटवल आउँदै गरेका यात्रु विनोद परियारले आफू १४ घण्टादेखि दाउन्नेमा जाममा फसेको बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij