Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पल्टेको ग्यास बुलेट हटाउन नसक्दा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

पल्टेको ग्यास बुलेट हटाउन नसक्दा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

  • काठमाडौं । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर-धन्सार सडक खण्डको लमाह पुल नजिक मंगलबार बिहान अचानक साढे ७ बजे ग्यास बुलेट पल्टियो । ग्यास बुलेट पल्टिएपछि पूर्व-पश्चिम राजमार्ग झन्डै १३ घण्टादेखि अवरुद्ध छ।

    onlinepatrika
    Arghakhachi

    ग्यास बुलेट उठाउन ग्यास कम्पनीका प्राविधिक र नेपाल आयल निगम वीरगञ्ज शाखाका प्राविधिक टोली नै खट्यो । तर बुलेट लिक भएका कारण उनीहरूको दिनभरिको प्रयास सफल हुन सकेन ।

    AGNI GROUP

    रौतहटका प्रहरी निरीक्षक रुद्र कँडेलका अनुसार राजमार्गमा पल्टिएको ग्यास बुलेट उठाउने प्रयास दिनभरि नै जारी रह्यो । तर प्राविधिक कारणले ग्यास बुलेट उठाउन नसकिएको उनी बताउँछन् ।

    कँडेलले अनलाइनखबरसँग भने, ‘प्राविधिक टोलीले ग्यास बुलेट उठाउनका लागि धेरै प्रयास गर्‍यो । तर बुलेटबाट ग्यास लिक भएका कारण प्राविधिक टोलीको प्रयास सफल हुन सकेन । अझै पनि प्राविधिकहरू खटिरहेका छन् । तर पनि राजमार्गबाट ग्यास बेलुट तत्काल उठाउन सम्भव देखिएको छैन ।’

    कँडेलका अनुसार ग्यास बुलेट पल्टिएको स्थान बस्तीभन्दा टाढा छ । जसका कारण ग्यास चुहिएर मानवबस्तीमा हुने जोखिम कम रहेको उनले बताए ।

    दुर्घटनापछि बुलेटबाट लिक भएको ग्यास प्राविधिक टोलीले टाल्न नसकेपछि समस्या भएको कँडेलले बताए ।

    भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको यूपी १७ ए टी २११४ नम्बरको ट्यांकर मंगलबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा ट्यांकर चालक भारतको कदोरा जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते भएका थिए ।

    कँडेलका अनुसार केही सवारीसाधनहरू चन्द्रनिगाहपुर—गौर राजमार्ग हुँदै बालचनपुर, जंगल सहिया हुँदै धन्सारको करिब ३५ किलोमिटर लामो बाटो घुमेर आवतजावत गरिरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij