Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । बर्दियाको मधुवन नगरपालिका वडा २ को जनजागृति सामुदायिक वनमा बाघको आक्रमणबाट १७ वर्षिया बालिकाको मृत्यु भएको छ । घाँस काट्न जाँदै गर्दा सोही वडा कोठिया बस्ने बिनीता परियारको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा बाघले आक्रमण गरी जंगलभित्र लगेको स्थानीयले बताएका छन् । घटनाको बारेमा थाहा पाउन साथ प्रहरीको टोली र स्थानीयबासी खोजतलास गर्दा मृत परियार वनमा फेला पारेको प्रहरीले जनाएको छ ।
चिन्तजनक अवस्थामा फेला पारि उपचारको लागि बर्दिया अस्पतालमा पुर्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी देवेन्द्र बहादुर मल्लले बताए । पछिल्लो समयमा बर्दियामा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पुस महिना भित्र नै हाल सम्म तीन जनाको वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij