Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

गोली प्रहारपछि सिटी सफारी चालकको मृत्यु, सुनसरीमा तनाव

गोली प्रहारपछि सिटी सफारी चालकको मृत्यु, सुनसरीमा तनाव

  • काठमाडौँ । सशस्त्र प्रहरीले चलाएको गोली लागेर सुनसरीमा एक जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको छ । घटना बुधबार गएराति करिब १:१० बजे कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा भएको हो ।सिटी चलाइरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको हो ।

    onlinepatrika
    Arghakhachi

    मृतक साह सोही वडाका स्थायी बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्का जानकारी दिए । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीका प्रमुख एसपी निर्मल थापाले भने भन्सार छलीका सामान बोकेको अटो रोक्ने क्रममा उक्त समूहले पहिला फायरिङ गरेको बताए ।

    AGNI GROUP

    जवाफी फायरिङका क्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा चिनीका बोरा लोड गरी पछाडीबाट आउँदै गरेको सिटी चालकलाई लाग्न पुगेको एसपी थापाले बताए। यता स्थानीयहरुले भने साहको मृत्युपछि स्थानीयले शव उठाउन दिएका छैनन्।

    स्थानीयले भने लेनदेनको विवादमा गोली हानेको दाबी गर्दै प्रर्दशनका कारण पूर्व–पश्चिम राजमार्गको कोशी गाउँपालिका–१ स्थित लौकही बजार क्षेत्र बन्द भएको छ । शव सडकमा राखेर प्रदर्शन भइरहेकाले लौकही क्षेत्रको अवस्था अहिले तनावग्रस्त छ ।

    स्थानीयले दोषी प्रहरीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् । अहिले घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने जिल्ला प्रशासन सुनसरीले आन्दोलनरत पक्षसँग वार्ताको तयारी गरिरहेको जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij