Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

घरभित्र कोइला बालेर सुत्दा निस्सासिएर शिशुको मृत्यु, तीन बेहोस

घरभित्र कोइला बालेर सुत्दा निस्सासिएर शिशुको मृत्यु, तीन बेहोस

  • काठमाडौं । सुर्खेतमा कोइला बालेर सुतेको अवस्थामा एक ३८ दिनको शिशुको मृत्यु भएकाे छ, भने परिवारका अन्य तीन जना बेहोस भएका छन् ।

    onlinepatrika
    Arghakhachi
    सुर्खेतको वीरेन्द्रनगरमा कोठाभित्र कोइला बाल्दा निस्किएको धुवाँका कारण ३८ दिनको शिशुको मृत्यु भएको हो । भेरीगंगा नगरपालिका-२ का स्थायी बासिन्दा तारा बुढा हाल वीरेन्द्रनगर–१२ मा डेरा गरी बस्दै आएकी थिइन्।
     
    बिहीबार बिहान लामो समयसम्म कोठाबाट नउठेपछि घरधनीले ढोका खोलेर हेर्दा कोठाभित्र चारै जना अचेत अवस्थामा फेला परेका थिए। ती मध्ये ३८ दिनकी छोरी प्रतीक्षा बुढाको घटनास्थलमै मृत्यु भइसकेको थियो।

    बेहोस अवस्थामा रहेकी तारा बुढा, उनकी भदैनी संगम बुढा र १० वर्षका छोरा प्रकाश बुढालाई तत्काल उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको छ। उनीहरूको अवस्था उपचारपछि सामान्य हुँदै गएको बताइएको छ।

    AGNI GROUP

    प्रहरीका अनुसार बन्द कोठाभित्र कोइला बालेर सुतेका कारण अक्सिजनको कमी भई घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। शिशुको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij