Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पक्राउ

नक्कली नागरिकता बिक्री प्रकरणमा एक जना पक्राउ

नक्कली नागरिकता बिक्री प्रकरणमा एक जना पक्राउ

  • काठमाडौं । लामो समयदेखि एउटा गिरोहले नक्कली नागरिकता बनाएर बेचिरहेको भन्ने सूचना जिल्ला प्रशासन कार्यालय झापामा पुग्यो ।

    नागरिकता नै नक्कली बनाइरहेको सूचना पाएसँगै प्रशासनले एउटा विशेष सुराकी परिचालन गर्यो । जुन सुराकीमार्फत झापा प्रशासनले प्रहरीको सहयोगमा नक्कली नागरिकतासँगै एक जनालाई नियन्त्रणमा लिएको छ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रशासन झापाका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार बिर्तामोड नगरपालिका–३ स्थित एक मिठाई पसलबाट शिवसताक्षी–११ का २३ वर्षीय पप्पु ठाकुरलाई नक्कली नागरिकतासहित बिहीबार नियन्त्रणमा लिइएको हो ।

    AGNI GROUP

    सूचना अधिकारी प्रसाईंका अनुसार पूर्वी नेपालमा नक्कली नागरिकता बनाउने एउटा ठूलो गिरोह सक्रिय छ। जसले नक्कली नागरिकता बनाएर बेचेर मोटो रकम असुलिरहेको छ । ‘नक्कली नागरिकता बनाएर पटक–पटक बेचिरहेको भन्ने सूचना हामीलाई थियो । हामीले विशेष संयन्त्रमार्फत निगरानी गरिरहेका थियाै‌ं,’ उनले भने, ‘आज भने नागरिकता किन्ने बाहनामा बोलाइयो । नागरिकता लिएर उनी आए र नियन्त्रणमा लिन सफल भयाै‌ं।’

    उनका अनुसार ती व्यक्तिसँगै राजगढ–५ सप्तरीको ठेगाना भएको एक नागरिकता पनि फेला परेको छ । यद्यपि नियन्त्रणमा लिइएका व्यक्तिमाथि प्रहरीले थप अनुसन्धान गरिरहेकाले थप कुरा खुल्दै जाने उनले जनाए। ‘अनुसन्धान जारी छ। नक्कली नागरिकता बनाउनेहरुको नेटवर्क ठूलो छ भन्ने जानकारी आएको छ,’ सूचना अधिकारी प्रसाईंले भने ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij