Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सिरहामा स्कार्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सिरहामा स्कार्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

  • काठमाडौं । पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिरहाको बरियारपट्टि गाउँपालिका–१ नरगी खण्डमा आज भएको मोटरसाइकल र स्कार्पियो एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    बाक्लो कुहिरोका कारण पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ६ प ८६१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा प्रदेश ०१–०७२ ब ००८२ नंको स्कार्पियो आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    दुर्घटनामा नरगी गाउँका करिब २३ वर्षीय मोटरसाइकल चालक मो नदिम अन्सारी गम्भीर घाइते भएकामा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार करिब २२ वर्षीय सैतुल्ला मियाँसहित दुवै जनालाई तत्काल उद्धार गरी सदरमुकाम सिरहास्थित सहजा अस्पतालका लागि लगिएको थियो ।

    उपचारका क्रममा अन्सारीको केही समयपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए । मियाँको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार दुर्घटनापछि स्कार्पियो सडकबाट तल पल्टिएको थियो भने मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij