Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पक्राउ

अख्तियार प्रमुखसहित हाई प्रोफाइललाई धम्की दिने प्रकाश पाठक पक्राउ

अख्तियार प्रमुखसहित हाई प्रोफाइललाई धम्की दिने प्रकाश पाठक पक्राउ

  • काठमाडौँ । फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनले एक नेपाली युवालाई पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा ३३ वर्षीय नेपाली नागरिक प्रकाश पाठक रहेका छन् । उनलाई डिसेम्बर ३१ मा मालोलोस सहरको बाराङ्गे क्याटमोनस्थित पासेओ डे कंग्रेसोबाट पक्राउ गरिएको फिलिपिन्स प्रहरीले जनाएका छन् । पाठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० उच्च पदस्थ व्यक्तिलाई धम्की दिएका थिए । 

    AGNI GROUP

    काभ्रेको तेमाल गाउँपालिका–१ घर भएका पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतले एक महिनाअघि फौजदारी आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो ।

    पाठक विदेशमा गम्भीर सुरक्षा सम्बन्धित गतिविधिहरूमा संलग्न रहेको पनि खुलेको फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनले जनाएको छ । पाठकले भागेका कैदीहरूलाई आत्मसमर्पणको प्रतिरोध गर्न प्रोत्साहित गरेको, आर्थिक सहयोग प्रस्ताव गरेको र हतियारमा पहुँचबारे उल्लेख गरेका थिए । उनी एक उच्च पदस्थ विदेशी सरकारी अधिकारीको हत्याको षड्यन्त्रमा पनि जोडिएका जनाइएको छ ।

    पाठक २०२५ अगस्ट १८ मा फिलिपिन्स पुगेका र डिसेम्बर १८ सम्म बस्ने अनुमति पाएका फिलिपिन्स प्रहरीको अनुसन्धानले देखाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij