Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

राजविराजमा आगलागी गोठघर र कन्यु जलेर नष्ट

राजविराजमा आगलागी गोठघर र कन्यु जलेर नष्ट

  • काठमाडौं । राजविराज नगरपालिका–६ खर्साल टोलमा शनिबार राति आगलागी भएको छ । स्थानीय जगदेव यादवको गोठघरमा अचानक आगलागी हुँदा गोठघर तथा परालको कुन्यु जलेर आगलागी हुँदा करिब एक लाख रुपियाँ बराबरको क्षति भएको छ ।

    onlinepatrika
    Arghakhachi

    त्यसैगरी, सोही स्थानका किसनदेव यादवको परालको कुन्यु दुई वटा जलेर अनुमानित ४० हजार रुपियाँ बराबरको क्षति भएको छ । आगलागीबाट मानवीय तथा पशु चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    आगलागीको जानकारी पाउनासाथ नेपाली सेना श्री बरख गणबाट सेनानी रिचर्ड प्रजापतीको कमाण्डमा १७ जनाको टोली घटनास्थलमा खटिएको थियो । नेपाली सेनाको दमकल तथा स्थानीय बासिन्दाको सहयोगमा आगो एक घण्टापछि राति १२ बजेर १५ मिनेटमा पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij