Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

ललितपुर अन्तरवडा टेबलटेनिस प्रतियोगिता सुरु

ललितपुर अन्तरवडा टेबलटेनिस प्रतियोगिता सुरु

  • ललितपुर। ललितपुर महानगरपालिका वडा ६ को आयोजनामा सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तरवडा टेबलटेनिस प्रतियोगिता आइतबारदेखि वडा ६ स्थित कनिबहालमा सुरु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले प्रतियोगिताको उद्घाटन गरे ।

    AGNI GROUP

    प्रतियोगितामा १ स्पर्धा थप गरी १७ स्पर्धामा खेल खेलाइनेछ । खुला स्थानीय जनप्रतिनिधि विधा थपिएको हो । ललितपुर महानगरपालिकाका २९ वडामध्ये २१ वडाबाट ६ सय १६ खेलाडी सहभागी छन् । ललितपुर जिल्ला टेबलटेनिस संघको संयोजनमा भइरहेको प्रतियोगिताको कुल पुरस्कार राशि ४ लाख २५ हजार रुपैयाा रहेको छ । १७ वटै स्पर्धामा शीर्ष तीन स्थानमा रहने खेलाडीले नगद पुरस्कार पाउने छन् ।

    आयोजक वडा ६ का अध्यक्ष रूपेन्द्रराज शाक्यले ललितपुर जिल्लाले उत्कृष्ट टेबलटेनिस खेलाडी उत्पादनमा राष्ट्रलाई योगदान गरिरहेको बताए । आयोजकका अनुसार प्रतियोगिताको अनुमानित बजेट करिब २९ लाख रुपैयाा रहेको छ ।

    उद्घाटनका अवसरमा प्रदेश खेलुकद विकास परिषद् बागमती प्रदेशका सदस्य रवि महर्जन, अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्षद्वय सुमन खड्गी र पूर्णशंकर श्रेष्ठ, कोषाध्यक्ष ज्याकी महर्जन, ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष आशिष अवाले, प्राविधिक प्रमुख निकेश जोशी, टेबलटेनिसका पूर्वमुख्य प्रशिक्षक राजेन्द्र कपाली, विभिन्न वडाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । ललितपुर महानगरपालिकाको सहयोगमा भइरहेको रात्रिकालीन प्रतियोगिता पुस २६ सम्म चल्नेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij