Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

भीमफेदीमा सुमो दुर्घटना : ६ जनाको मृत्यु, तीनजना घाइते

भीमफेदीमा सुमो दुर्घटना : ६ जनाको मृत्यु, तीनजना घाइते

  • काठमाडौं । हेटौँडा–काठमाडौं जोड्ने भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ जुरीखेतमा आज साँझ सुमो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।   

    onlinepatrika
    Arghakhachi

    काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो गाडी दुर्घटनामा परेपछि घाइते भएका नौ जनामध्ये ६ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

    AGNI GROUP

    उनका अनुसार मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनापछि घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएको थियो ।

    बाँकी तीन जनाको अवस्था स्थिर रहेको र उनीहरूको सोही अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij