Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । जाजरकोटको छेडगाड नगरपालिका–१३ स्थित पिपलतडामा पत्नीको हत्या गरेर फरार भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पिपलतडा बस्ने भद्र्र बहादुर सुनार छन् ।
पत्नीको हत्या गरेको ३ वर्षपछि उनलाई पिपलतडाबाट कार्कीगाउँ जाने सडकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका इन्स्पेक्टर सुधीर कुमार खड्काले बताए । २०७९ मङ्सिर १० मा ३४ वर्षीय पत्नी पानसरा सुनारलाई उनले बन्चरो र खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
हत्यापछि उनी फरार थिए । पुस २० मा उनलाई पक्राउ गरेर अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको इन्स्पेक्टर खड्काले जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij