Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

दोस्रो आइजीपी नेश्‍नल तेक्वान्डो प्रतियोगिता सम्पन्न

दोस्रो आइजीपी नेश्‍नल तेक्वान्डो प्रतियोगिता सम्पन्न

  • काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यमा सोमबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल सामाखुसीमा संचालित दोस्रो आइजीपी नेश्‍नल तेक्वान्डो प्रतियोगिता,२०८२ सम्पन्न भएको छ ।

    onlinepatrika
    Arghakhachi

    कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले प्रतियोगितामा विभिन्न विधामा विजयी हुने खेलाडीहरूलाई पदक, प्रमाणपत्र र ट्रफि प्रदान गर्नुभयो । साथै उहाँले विद्यालयमा उत्कृष्ट कार्य गर्ने शिक्षकहरू एवम् प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गरे ।

    AGNI GROUP

    सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले प्रतियोगितामा विभिन्न इभेन्टमा विजयी खेलाडीहरूलाई बधाई दिँदै आगामी दिनमा खेलाडीहरूको उज्वल भविष्यको कामना समेत गर्नुभयो ।

    यस प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो सीप प्रदर्शन गर्ने, आत्मविश्वास विकास गर्ने तथा किताबी ज्ञानका अतिरिक्त खेल मार्फत पनि जीवनका अमूल्य पाठहरू सिक्ने अवसर प्रदान गरेको उल्लेख गर्दै प्रतियोगितामा खेलाडीहरूले देखाएको सक्रिय सहभागीता, प्रयास र लगनशीलताको उहाँले उच्च प्रशंसा गरे ।
    साथै विद्यालयस्तरको तेक्वान्दो खेल विकासलाई सुनिश्चित बनाउँदै नव प्रतिभाहरूको पहिचान गरी विद्यार्थीहरूमा खेलकुदको प्रवर्धन गर्न समेत यो प्रतियोगिताले योगदान दिएको उनले बताए ।

    प्रहरी महानिरीक्षक कार्कीले विद्यालयको चौतर्फी विकास र समग्र विद्यार्थीहरूको वृहत्तर हितको लागि नेपाल प्रहरी प्रधान कार्यालय सदैव गम्भीर रहेको उल्लेख गर्दै विद्यालयको निरन्तर प्रगतिको लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक/शिक्षिका तथा अभिभावक वर्ग समेतले सहकार्य गरी विद्यालयको उन्नतीको लागि सदैव क्रियाशील रहनुपर्नेमा जोड दिए ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल पुलिस स्कुल सामाखुसीका प्राचार्य रामप्रसाद भुसालले स्वागत मन्तव्य तथा प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल सामाखुसी, नेपाल पुलिस स्कुल काभ्रे, नेपाल पुलिस स्कुल धरान, सशस्त्र प्रहरी स्कुल कीर्तिपुर लगायत ४५ वटा विद्यालय/डोजाङका करिब ६ सय जना तेक्वान्डो खेलाडीहरूको सहभागीता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij