Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु भएको छ । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा मंगलबार सुनुवाइका लागि पेसी तोकिएको छ ।
ढल निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा परियारसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । नेपाल सरकारको सहसचिव परियार भ्रष्टाचार मुद्दा दर्ता हुदाँ सूचना तथा प्रसारण विभागको महानिर्देशकको जिम्मेवारीमा थिए ।
भ्रष्टाचार मुद्दा चलाइएकाहरुमा महानगरका निर्देशकहरु रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इञ्जिनियर जर्नादन गिरी छन् । सामाखुशी कोरिडोरअन्तर्गत वसुन्धरादेखि म्हेपीसममको ढल निर्माण कार्यको ठेक्कामा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत परियारसहितको मिलेमतोमा भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij